फूलपाती भित्र्याइँदै"
Site Map Call Now Admission
हाईलाईट:

आश्विन शुक्ल सप्तमी: फूलपाती भित्र्याइँदै

यस वेभसाइटमा विद्यार्थी भाईबहिनीहरुको लेख रचना(Testimonial) पठाई / पठाउन लगाई उनीहरुको मौलिकता र श्रृजनात्मक सीप क्षमताको विकास र विस्तार गर्न सघाउ पुर्याउन हुन अभिभावक, शिक्षक / प्रअहरुमा अनुरोध गर्दछु ।   राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबाट लालबन्दी निवासी दिनेश पाठक एक्लैले ६८ वटा किताब किन्नु भएको खबर छ ।  हामीलाई बिज्ञापन दिनुहोस आफ्नो ब्यापार व्यवसाय सँघसंस्था र दक्षताको प्रचारप्रसार गर्नुहोस् ।

आश्विन शुक्ल सप्तमी: फूलपाती भित्र्याइँदै
   शिक्षकका लागि उपयोगी शिक्षा र शिक्षकसम्बन्धि प्रचलित भनाइहरु    @lauro_media youtube channel मा सुचना बिज्ञापन र समाचार वाचनको लागि एकजना वाचिका चाहिएको छ । इच्छुकले Contact राख्नुहोला । notice
एउटा भोको पेट, रित्तो गोजी र टुक्रिएको हृदयले जिन्दगीमा धेरैथोक सिकाएर जान्छ : रोविन विलियम  

Subscribe 

Editor

आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

शुन्दर रुपले भन्दा शुन्दर मनले सुन्दर जीवन बनाउछ । डाहा गर्नेले जति नै राम्रो गरेपनि खोट लगाउँछन् माया गर्नेले झुक्किएर गल्ती भएपनि हौसला दिन्छन् ।

यसै दिन सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।

कसैको बाटोमा काँढा नबिछ्याउ किनकी त्योमा बाटोमा तिमी फर्केर आउनुपर्छ ।

फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ । गोपाल वंशदेखि नै फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ । नेपालको प्राचीन राज्य गोरखा दरबारमा पनि तत्कालीन राजा राम शाहले धादिङको सल्यानटार विजय गरेपश्चात् त्यहाँबाट फूलपाती भित्र्याउने प्रचलन रहेको अभिलेखमा पाइन्छ ।

सपना त्यो होइन जुन तिमी निदाउदा देख्छौ, सपना त त्यो हो जसले तिमीलाई निदाउन दिदैन । पाउ छुन दिनु मन कहिल्यै छुन दिन हुँदैन ।

विसं १८२५ मा पृथ्वी नारायण शाहले काठमाडौँमा विजय गरेपछि काठमाडौँलाई राजधानी तोकियो । काठमाडौँबाट शासन सुरु भएपछि पृथ्वीनारायण शाहले गोरखाको भगवतीलाई हनुमान ढोकामा पनि स्थापना गरेका थिए । गोरखाबाट शाही पवित्रताका प्रतीक स्वरूप फूलपाती काठमाडौँको हनुमानढोका दरबारमा ल्याइने परम्परा सुरु गरिएको मानिन्छ । गोरखामा तयार गरिएका फूलपाती सप्तमीका दिनमा पैदल मार्गबाट काठमाडौँ ल्याइने प्रचलन रहे तापनि दूरी, भौगोलिक कठिनाइलगायत विभिन्न समस्याका कारण २०औँ शताब्दीको मध्यतिरबाट काठमाडौँ लैजान रोकियो । विभिन्न समस्याका कारण गोरखाबाट फूलपाती ल्याउन नसक्ने भएपछि नवपत्रिकाका बिरुवालाई काठमाडौँबाट करिब ३० किमी पश्चिममा रहेको धादिङको छत्रे देउरालीमा सारियो ।

घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वेभसाईटमा बिज्ञापन दिएर व्यापार, व्यवसाय, पेशा, रोजगार, दक्षता, संघसंस्था आदिको प्रचारप्रसार गर्नुहोस् ।

कमेन्ट गर्नुहोस्

Related News

सुचना संचार अपडेट

सम्पादकीय

Online Result

शिक्षक सेवा आयोग प्रश्न

Service_Demand

नाम सोधे उसलाई, फूलझैँ हाँसिदेला

कुन गाडीमा चढ्यो होला ?कुन घुम्ती काट्यो होला ? ढाट राखिदेऊ न

टिपीडी विशेष

बिज्ञापन

Useful Links

Privacy Policy
© Copyrights 2022 shamser pulamiAll Rights Reserved
Update: